बक्सिङ संघको निर्वाचनबाहेक साधारणसभा आज

बक्सिङ संघको निर्वाचनबाहेक साधारणसभा आज

नेपाल बक्सिङ संघको निर्वाचनबाहेक साधारणसभा शनिबार ललितपुरमा हुँदै छ । 

संघले राष्ट्रिय खेलकुद परिषदबाट १५ पुसमा साधारणसभा गर्न भनी स्वीकृत लिएको थियो । परिषद्बाट स्वीकृति लिएको एक महिनापछि संघले साधारणसभा गर्न लागेको हो । संघले साधारणसभा भर्चुअल भिडियोमार्फत हुने जनाएको छ । 

संघका सचिव सविन भट्टाचार्यले विवाद समाधान नगरी साधारणसभा हुन लागेको जनाएका छन् । अध्यक्ष अवालेले साधारणसभाअघि आएका कुराप्रति गम्भीर ध्यानाकर्षण भएको  बताएका छन् । ‘साधारणसभाजस्तो अति महत्वपूर्ण संघको कार्यक्रमको विरोध गर्नु आफैँमा अचम्म छ,’ अवालेले भने, ‘संघको नियमित बैठकमा उपस्थित भई आफ्ना कुराहरू सधैँ राख्न सक्नुहुन्छ ।’