नेपाल र मोरिसस बीचको पहिलो खेल आज

नेपाल र मोरिसस बीचको पहिलो खेल आज

नेपाली राष्ट्रिय फुटबल टिम र मोरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । नेपाल र मोरिसस बीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक अफ्रिकन राष्ट्रिय टोलीविरुद्ध फुटबल खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्न लागेकाले यो फरक अनुभव हुने र सिक्ने मौकाको रुपमा लिने शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए ।

यस्तै प्रशिक्षक किरण श्रेष्ठले नेपाल र मोरिसस उस्तै स्तरको टिम रहेको र यसअघिका गल्ती सुधार गर्दै राम्रो प्रदर्शन गरिने बताएका छन् ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टोलीको घोषणा गरिसकेका छन् । उनले बन्द प्रशिक्षणमा रहेका सबै ३४ खेलाडीलाई नै दुई टिममा मौका दिँदा नयाँ ९ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

प्रशिक्षक किरण श्रेष्ठले एसियन कप छनोटको तेस्रो चरणको तयारी स्वरुप यो खेल रहेकाले धेरै खेलाडीलाई अवसर दिन लागेको बताए ।a