शनिबार सेती प्रयोगशालामा थप १०९ जनामा कोरोना पुष्टि

शनिबार सेती प्रयोगशालामा थप १०९ जनामा कोरोना पुष्टि

धनगढी । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २०२ नमूना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ५ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने ७ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा २१ जना संक्रमित विरामीको उपचार भइरहेको छ । तीमध्ये ६ जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।