मोरिससविरुद्ध नेपालको सुरुआति ११ सार्वजनिक

मोरिससविरुद्ध नेपालको सुरुआति ११ सार्वजनिक

काठमाडौं । मरिससविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुआति ११ सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती(११ को घोषणा गरेका हुन् । 

नेपालले आज पहिलो मैत्रीपूर्ण खेलमाअफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ। नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्नेछ।

नेपालको सुरुआती :
गोलकिपर-किरण लिम्बू
डिफेन्डर-गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल
मिडफिल्डर-सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ
फरवार्ड-अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल