आहा-रारा गोल्डकपको उपाधि एपीएफले जित्यो

आहा-रारा गोल्डकपको उपाधि एपीएफले जित्यो

पोखरामा सम्पन्न आहा रारा गोल्ड कपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङदीलाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो ।

निर्धारित ९० मिनेटको खेल २(२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पोखरामा शनिबारको फाइनल खेल अवलोकन गर्न दर्शकको घुइँचो लागेको थियो ।

कोरोना संक्रमण जोखिमका कारण आयोजकले यसअघिका सबै खेलमा दर्शकहरूलाई प्रवेश दिएको थिएन ।मनाङले त्रिभुवन आर्मी क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको थियो भने एपीएफले मछिन्द्र क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको हो ।

आहा रारा गोल्ड कपको ६ वटा उपाधि उचालिसकेको मनाङले यसपटक एपीएफलाई पराजित गर्न सकेन । यससँगै एपीएफको यो पहिलो उपाधि हो ।