पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मौरिससबिरुद्ध नेपालको जित

पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मौरिससबिरुद्ध नेपालको जित

विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे छ । शनिबार दशरथ रंगशालामा भएकाे खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टकाे पासमा गाेल गरे ।

२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् ।

सन् २०१९ नाेभेम्बरमा म्यानमार विरुद्ध पछिल्लाे पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चाेटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए ।