आजको मौसम

आजको मौसम

हाल पहाडी भूभागमा आंशिक  बदली रही देशका तराईका भूभागमा हुसु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । राती  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागहरुमा आंशिक बदली रहनेछ।

देशको उच्च पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र  देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।