आजको मौसम - तराईमा हुस्सु ,कुहिरो र हिमाली भूभागमा हिमपातको संभावना

आजको मौसम - तराईमा हुस्सु ,कुहिरो र हिमाली भूभागमा हिमपातको संभावना

हाल पहाडी भूभागमा आंशिक  बदली रही तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ । 

दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ । राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । 

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का हिमपातको संभावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।