लिटल फ्लावर प्रिमियर लिग : आगामी फागुन २ गतेदेखि सञ्चालन हुने

लिटल फ्लावर प्रिमियर लिग : आगामी फागुन २ गतेदेखि सञ्चालन हुने

धनगढी । धनगढीमा आयोजना हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैठौं संस्करण आगामी फागुन २ गतेदेखि हुने भएको छ । कोभिड– १९ को जोखिमलाई मध्यनजर गरी ८ दिन प्रतियोगितालाई पछि सारिएको हो ।

फागुन २ गतेदेखि १४ गते सम्म सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा प्रतियोगिता आयोजना हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मापदण्डको पालना गर्ने गरी प्रतियोगिता सञ्चालन गरिने आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

आफूहरु अहिले प्रतियोगिताको तीव्र तयारीमा लागेको उनले बताए । प्रतियोगितामा यस वर्ष काठमाडौँ बाट १, कञ्चनपुर बाट १ तथा कैलाली जिल्लाका धनगढी लगायत विभिन्न सहरहरूबाट ८ टिम गरी कुल १० विद्यालय टिम सहभागी हुने शाहीले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले १ लाख ५० हजार , उप विजेताले ७५ हजार रुपैयाँ पाउनेछन् ।