धनगढीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढीमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहागरपालिका ५ बस्ने ५५ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा अहिले राति ८ बजेको समयमा मृत्यु भएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनलाई आज मात्रै कोरोना पुष्टि भएको थियो । उनी दम सम्बन्धी बिरामी रहेको बुझिएको छ ।