मरिससविरुद्धको खेलका नेपालको सुरुवाती ११ सार्वजनिक

मरिससविरुद्धको खेलका नेपालको सुरुवाती ११ सार्वजनिक

अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मरिससविरुद्ध गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानीमा उत्रिने छ।

सुरूआती ११ को अग्रपङ्तिमा अन्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ रहेका छन्। अघिल्लो खेलमा गोल गरेका विमल घर्तीमगर बेञ्चमा रहेका छन्। यस्तै,मिडफिल्डमा एरिक विष्ट, पुजन उपरकोटी र तेज तामाङ रहेका छन्।

डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुजल श्रेष्ठ छन्। अघिल्लो खेलमा नेपालको डिफेन्स सम्हालेका गौतम श्रेष्ठ र सुमन अर्याल बेञ्चमा रहँदा डिफेन्डर नविन गुरुङ पहिलो रोजाईमा छन्। उनीहरूले राष्ट्रिय टोलीबाट डेब्यू गर्दैछन्।

मरिससविरुद्ध पहिलो खेलमा टोलीमा रहेका विमल घर्तीमगरसँगै ६ खेलाडी परिवर्तन भएका छन्।

विमल, सुनिल बल, सुमन लामा, सुरज ज्यू ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ अघिल्लो खेलमा पहिलो रोजाईमा रहेका थिए। अघिल्लो खेलमा रहेका सुनिल बल दोस्रो खेलमा टोलीमै रहेका छैनन्।