१० औँ मिनेटमा नेपालले लियो अग्रता, सुजलले गरे गोल

१० औँ मिनेटमा नेपालले लियो अग्रता, सुजलले गरे गोल

मोरिससविरुद्ध अहिले भइरहेको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले १० औँ मिनेटमा अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाललाई सुजल श्रेष्ठले अग्रता दिलाएका हुन् ।

कर्नर प्रहारबाट आएको बलमा सिक्स यार्ड सर्कलभित्र रहेका सुजलले गोल गरेका थिए । सुजलले ६ वर्षपछि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका हुन् ।

यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए ।फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सुजलको यो तेस्रो गोल हो । यसअघि पहिलो खेलमा नेपाली टोली १(० गोलले विजयी भएको थियो ।