अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको रुसका राष्ट्रपति पुटिनको आरोप

अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको रुसका राष्ट्रपति पुटिनको आरोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उहाँको आरोप छ ।

यद्यपि उहाँले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।

रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पुटिनको भनाइ छ ।