स्व. पत्रकार विश्वकर्माको परिवारलाई एक लाख सहयोग

स्व. पत्रकार विश्वकर्माको परिवारलाई एक लाख सहयोग

स्व. पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको छ ।

टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत २१ हजार रुपैयाँ उपलब्ध गराएको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो । पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको उनको आरोप छ ।

पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन् । अछामको रामारोशन घर भएका २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।