बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ । हिजो मंगलबार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको हो ।