सुदूरपश्चिमका ट्राफिक प्रमुख धितालद्धारा ट्राफिक कार्यालय कैलालीको निरीक्षण

सुदूरपश्चिमका ट्राफिक प्रमुख धितालद्धारा ट्राफिक कार्यालय कैलालीको निरीक्षण

भनगढी । सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रबिण धितालले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका छन् ।

भरखरै सरुवा भई सुदुरपश्चिम ट्राफिक प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक धितालले बुधबार बिहान सो कार्यालयको निरीक्षण गरेका हुन् । उनले सो कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।

उनले ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ट्राफिक व्यवस्थापन सम्बन्धी आवश्यक निर्देशन दिएका छन् ।

साथै उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी तथा मातहत ट्राफिक प्रहरी ईकाइको समेत निरीक्षण गरेका छन् । 

May be an image of 12 people, people standing and outdoorsMay be an image of 9 people, people standing and outdoors