पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै धनगढीमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै धनगढीमा प्रदर्शन

धनगढी । पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाले धनगढी उपमहानगरपालिका कमिटीले पार्क मोडदेखि मुख्यमन्त्री कार्यालयसम्म नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि नाराबाजीसहित प्रदर्शनगरेका हुन् । सरकारले गएरातिदेखि डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ ।

मूल्य बढेसँगै डिजेल/मट्टितेलको भाउ प्रतिलिटर रु १२५ र पेट्रोलका भाउ प्रतिलिटर १४२ पुगेको छ । यो अहिलेसम्मै उच्च हो ।

No description available.