आजको मौसम

आजको मौसम

सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा साथै अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रहेको छ।

दिउँसो सुदूरपश्चिम , कर्णाली , लुम्बिनी  र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र वागमती प्रदेशमा सामान्य वदली रही अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन र चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा  हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।सुदूरपश्चिम , कर्णाली र लुम्बिनी  प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र वागमती प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ सहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा हल्का बर्षाको सम्भावना सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरु हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।