क्लासिक अटोमोटिभ्सद्धारा कैलाली ट्राफिकलाई ५ थान ‘ह्वील लक' सहयोग

क्लासिक अटोमोटिभ्सद्धारा कैलाली ट्राफिकलाई ५ थान ‘ह्वील लक' सहयोग

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ५ थान 'ह्वील लक' सहयोग गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको बसन्त क्लासिक अटोमोटिभ्सले कैलाली ट्राफिकलाई ५ थान 'ह्वील लक' सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमकाबिच बसन्त क्लासिक अटोमोटिभ्सका सञ्चालक भुवन भट्ट र ब्रान्च म्यानेजर गोकुल अवस्थीले कैलालीका ट्राफिक प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

धनगढी बजार क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी आवागमनमा सहजता होस् भन्ने उद्देश्यले ह्वील लक सहयोग गरिएको हो ।

प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न 'ह्वील लक' सहयोग गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सिंहले क्लासिक अटोमोटिभ्स परिवारलाई धन्यवाद दिए ।