सुदूरपश्चिमका पहाडी सात जिल्लामा बाक्लो हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)

सुदूरपश्चिमका पहाडी सात जिल्लामा बाक्लो हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ । हिजो अपराह्नदेखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण पहाडी जिल्लाका राजमार्ग समेत अवरुद्ध भएको छ ।

हिमपातका कारण बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भइरहेको छ ।

डोटीको गैरा, डडेल्धुराको साहुखर्क, हगुल्टे लेक लगाएतको क्षेत्रमा भारी हिमपात भइरहेको छ । हिउँ परेपछि सडक अवरुद्ध भभएका छन् । सडक सुचारु गराउने काम भइरहेको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् तस्विरहरु :

No description available.No description available.May be an image of outdoorsMay be an image of tree and snowMay be an image of sky and tree