सेती प्रयोगशालामा थप ५५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

सेती प्रयोगशालामा थप ५५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११३ नमुना परीक्षण गर्दा थप ५५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा तीनजना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने तीनजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन् ।

ती मध्ये चार जनाको आइसियु र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यसैगरी पछिल्लो २४ घण्टामा कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ का ७६ बर्षीय महिलाको मृत्यु भएको छ ।