यु-१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई, इंग्ल्याण्ड ४ विकेटले पराजित

यु-१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई, इंग्ल्याण्ड ४ विकेटले पराजित

१९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा भारतले इङ्गल्याण्डलाई ४ विकेटले हराएको हो । इंग्ल्याण्डले दिएको १८९ रनको लक्ष्य भारतले १४ बल बाँकी छदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, राज बावाले ३५, हरनुर सिंहले २१ र यश धुलले १७ रनको योगदान गरे ।

इंग्ल्याण्डका लागि जोशु बाइडेन, जेम्स् सेल्स र थोमस स्पिनलले दुई दुई विकेट लिए । यस अघि टस जितेर व्याटिङ गरेको इंग्ल्याण्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जेम्स् रेयूले ९५ रनको योगदान गरे पनि जितका लागि पर्याप्त हुन सकेन् । यस्तै, जेम्स् सेल्स्ले ३४, जर्ज थोमस्ले २७ तथा रिहान अहमेद र एलेक्स हर्टनले १०–१० रन बनाए । भारतका लागि राज बावाले ५ विकेट लिए भने रवि कुमारले ४ तथा कुशल तम्बेले एक विकेट लिए ।

१९ वर्ष मुनिको विश्वकप क्रिकेटको उपाधि भारतले पाँचौ पटक जितेको हो । यस अघि सन् २०००, २००८, २०१२ र २०१८ मा भारतले उपाधि जितेको थियो  ।