एमसीसी अघि बढाउन सहयोग गर्न ओली र प्रचण्डलाई देउवाको आग्रह

एमसीसी अघि बढाउन सहयोग गर्न ओली र प्रचण्डलाई देउवाको आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउनु पर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गरेका हुन् ।

आइतबार बेलुकी बालुवाटारमा भएको छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले संसद् अवरोध खुलाउन सत्ता पक्षले पहल गरोस् भन्ने विषयमा पनि आफूहरूले धारणा राखेको बताएका छन् । ‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरु सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने । स्थानीय तहको निर्वाचन समयमै गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेको पोखरेलले बताए।