यी व्यक्तिले १६ सेकेण्डका लागि मास्क खोल्दा लाखौं रुपैँया जरिवाना

एजेन्सी    

यी व्यक्तिले १६ सेकेण्डका लागि मास्क खोल्दा लाखौं रुपैँया जरिवाना

बेलायतका एक व्यक्तिले केवल १६ सेकेण्डको लागि मास्क खोल्दा २ हजार पाउण्ड (करिब ३ लाख २३ हजार नेपाली रुपैयाँ) बराबरको जरिवाना लगाइएको दाबी गरेका छन्।

क्रिस्टोफर ओ’टुले नाम गरेका ती व्यक्तिले इंगल्याण्डको प्रेस्कटमा बीएण्डएममा समग्री खरिद गर्दा मास्क लगाएका थिए। तर, स्वास्थ्य अवस्था ठीक नभएको महसुस भएपछि केही सेकेण्डको लागि मास्क हटाएका थिए। 

सोही क्रममा स्टोरमा रहेका एक प्रहरीले उनीसँग गएर मास्क नलगाएको भन्दै जरिवाना काटिदिए।लिभरपुलइको अनलाइन न्युज पोर्टलका अनुसार सुरुमा उनलाई १ सय पाउण्ड जरिवाना गरिएको थियो।

तर, उनले इमेलमा स्पष्टीकरण दिँदै जरिवाना तिर्न अस्वीकार गरे। त्यसपछि उनलाई अर्को एक पत्र पठाइयो। जसमा उनको जरिवाना बढाइएको थियो। 

क्रिस्टोफरले उक्त जरिवाना बराबरको आम्दानी आफ्नो समग्र एक महिनामा पनि नहुने बताएका छन्। अहिले यो मुद्दा बेलायतको अदालतमा पुगेको छ र अदालती प्रक्रिया चलिरहेको छ। 



सोमबार २४, माघ २०७८ ०१:५४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस