पेट्रोलियम पदार्थको मुल्यवृद्धि र एमसीसीविरुद्ध धनगढीमा युवा संघको प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यवृद्धि र एमसीसीविरुद्ध धनगढीमा युवा संघको प्रदर्शन

धनगढी । पेट्रोलियम पदार्थको मुल्यवृद्धि र एमसीसीविरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ ।

सोमबार नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता र एमसीसी खारेज गर्न माग गर्दै धनढीमा प्रदर्शन गरेको हो ।

युवा संघ नेपाल जिल्ला कमिटी कैलालीको आयोजनामा धनगढीको चौराहदेखि पार्कमोडसम्म र्‍यालिसहित प्रर्दशन गरिएको हो । दलालहरु होसियार, पेट्रोलियम पदार्थको मूल्यवद्धि फिर्ता गर भन्दै प्रदर्शन गरिएको थियो ।

 यस्तै एमसीसी पास गरे देशमा आन्दोलनको आधिवेरी ल्याउने युवा संघ नेपाल कैलालीले चेतावनी दिएको छ ।