धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने सरकारको निर्णय

धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने सरकारको निर्णय

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएको छ । कांग्रेस नेतृ डा.आरजु राणा देउवाले धनगढीमा मैदान र खेलग्राम बनाउने पहल गरेकी हुन् । उनको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान सहित खेलग्राम बनाउने निर्णय गरेका हुन ।

फाप्लालाई लामो समयदेखि अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने चर्चा चलिरहेका वेला क्रिकेट मैदान मात्रै नभएर खेलग्रामका रुपमा विकास गर्ने गरी निर्माणको काम सुरु गर्ने गरी मन्त्री परिषदले निर्णय गरेको हो ।

डाक्टर देउवाको पहलमा गत माघ १० गतको मन्त्री परिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय भएको हो । सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने छ ।

No description available.