अब सीडीओ बन्न कानूनको तालिम वा कानूनमा स्नातक अनिवार्य

अब सीडीओ बन्न कानूनको तालिम वा कानूनमा स्नातक अनिवार्य

अब प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले अनिवार्य रुपमा कानूनी तालिम वा कानूनमा स्नातक गरेको हुनुपर्ने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले जिल्ला हाँक्न जाने सीडीओले शान्ति सुरक्षाका अलावा कानूनी प्रक्रियाहरू पनि जान्नु पर्ने भएकाले कानूनमा स्नातक गरेको वा कानूनसम्बन्धी तीन महिना तालिम गरेको हुनुपर्ने व्यवस्था गरेको बताए ।

'सीडीओ शान्ति सुरक्षा हेर्ने मात्र होइन, जिल्लामा आइपर्ने कानूनी समस्याको पनि समाधान गर्नुपर्छ । त्यसका लागि कानून पढेको वा कानूनको तीन महिना तालिम लिएको व्यक्तिलाई मात्र जिल्ला पठाउने व्यवस्था गरेका छौं,’ गृह सुधार कार्ययोजना–२०७८ बारे बोल्दै गृहमन्त्री खाणले भने । 

कतिपय अवस्थामा फैसला पनि गर्नुपर्ने भएकाले त्यो कार्यान्वयनमा गइसकेको उनको भनाइ छ ।