प्रधानन्यायाधीश राणाले बोलाएको न्याय परिषद् बैठक स्थगित

प्रधानन्यायाधीश राणाले बोलाएको न्याय परिषद् बैठक स्थगित

न्यायाधीश नियुक्ति गर्न भन्दै सोमबार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आजका लागि बैठक बोलाएका थिए।

तर, परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेको भन्दै बैठक स्थगित भएको हो। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा परिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई उपस्थित हुन नसकेकाले बैठक स्थगित गरिएको उल्लेख छ।

यसअघि आइतबार राणाले न्याय सेवा आयोगको बैठक बोलाएका थिए। उक्त बैठकमा राणा एक्लै भएका थिए। राणा आफू एक्लै भएपछि बैठक स्थगित भएको थियो।