नेपालमा १ हजार ५७० नयाँ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

नेपालमा १ हजार ५७० नयाँ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

गएको २४ घण्टामा नेपालमा १ हजार ५७० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ३६५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

आज १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यस्तै, आज देशभर ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन्। 

हिजो १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ११ जनाको निधन भएको थियो।यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको थियो।