हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता

हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि बेपत्ता


हिउँ खेल्न गएका गोरखाका दुई किशोर सम्पर्कविहीन भएका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ का साइला घले र वडा नम्वर २ का करन घले गएको बिहीबारदेखि सम्पर्कविहीन भएका हुन् । 

प्रहरीका अनुसार हराएका १६र१६ साइला र करन यही २० माघमा हिउँ खेल्न लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरू त्यसयता सम्पर्कमा आएका छैनन् । 

उनीहरूको खोजी कार्य तीव्र पारिएको गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए । उनले भने, ‘हराएकामध्ये करन भन्नेले मोबाइल लगेको रहेछ, तर फोन सम्पर्क हुँदैन, हामीले मोबाइल ट्रयाकिङको प्रयास गरिरहेका छौं ।’