कांग्रेसको कार्य सम्पादन समिति बैठकमा महामन्त्री शर्माका के -के छन् प्रस्ताव ?

कांग्रेसको कार्य सम्पादन समिति बैठकमा महामन्त्री शर्माका के -के छन् प्रस्ताव ?

सत्तारुढ दल नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ९ बुँदै प्रस्ताव पेश गरेका छन्।

विभिन्न समिति गठनको विषयदेखि स्थानीय तहको निर्वाचन सम्मका विषयलाई समेटेर शर्माले बैठकमा प्रस्ताव पेश गरेका हुन्।

कांग्रेसभित्र चुनावी गठबन्धनको विषयलाई लिएर ध्रुविकरण बढिरहेको बेलामा पार्टी कार्यालय सानेपामा कार्य सम्पादन समितिको बैठक भइरहेको छ। संस्थापन पक्ष र इतर पक्षमा गठबन्धनको विषयलाई लिएर मतभेद देखिँदै आएकाले पनि आजको बैठकलाई महत्त्वका साथ हेरिएको छ।

पार्टीका विभागहरु गठनदेखि भातृ संगठनको अधिवेशनको मुद्दा लामो समयदेखि थाँती रहँदै आएकाले पनि सत्तारुढ दलका कार्यकर्ताले बैठकलाई चासोका साथ हेरेका छन्। बैठकमा आउँदै गरेको निर्वाचन तथा भातृ संगठन र विभागका विषयमाथि छलफल हुनेछ।