८ जना सचिवहरूको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

८ जना सचिवहरूको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

मन्त्रीपरिषदको बैठकबाट ८ जना सचिवहरूको सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालय (वातावरण) मा पठाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय९प्रविधि०सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमिला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।