पसलमा चोरी गरेको आरोपमा कञ्चनपुरबाट दुईजना पक्राउ

पसलमा चोरी गरेको आरोपमा कञ्चनपुरबाट दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा एक पसलबाट चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८ स्थित पदम रैकालको पसलबाट सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका हुन् ।

यही माघ २१ गते राति उनीहरुले पसल चोरी गरेको आरोप छ । पक्राउ पर्नेमा विशाल चौधरी र शाहिल धामी रहेका छन् । पसलबाट गुट्का चाउचाउ, बिस्कुट लगायतका समान चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चोरी भएका सर–समानसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुमाथि अदालतबाट ५ दिन म्याद थप लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।