बिहीबार सुदूरपश्चिममा थप ६२ जनामा कोरोना पुष्टि

बिहीबार सुदूरपश्चिममा थप ६२ जनामा कोरोना पुष्टि

धनगढी । बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २२४ नमुना परीक्षण गर्दा थप ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालउका अनुसार १ हजार १४३ जनाको एन्टिजेन र ८१ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको हो ।

यस्तै भारतबाट फर्किएका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज मात्रै सुदूरपश्चिमका नाका भएर १ हजार १०७ जना स्वदेश फर्केका छन् ।