स्वास्थ्यचौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

स्वास्थ्यचौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली स्वास्थ्यचौकीलाई उच्च क्षमताको आईएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ। केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताए। दुई सय ६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य रु चार लाख ९७ हजार रहेको छ।

स्वास्थ्यचौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्लुएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखतभुली स्वास्थ्यचौकीमा मात्रै रहेको छ।