मन्त्री सोडारीद्धारा बाजुराको मार्तडी कोल्टी सडकको अनुगमन

मन्त्री सोडारीद्धारा बाजुराको मार्तडी कोल्टी सडकको अनुगमन

बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी सहितको टोलीले बाजुराको मार्तडी कोल्टी सडकको अनुगमन गरेको छ ।  सो टोलीले बिहीबार निर्माणाधीन मार्तडी कोल्टी सडकको अनुगमन गरिएको हो । 

सडक अनुगमन पछि मन्त्री सोडारीले सडक डिभिजनका कार्यालय प्रमुख र ठेकेदार लाई निर्माण कार्यमा गति दिन र गुणस्तर सडक निर्माण गर्न अनुरोध गरेका छन् । 

सडक अनुगमनमा सुदूर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी, पूर्वाधार विकास कार्यालय साँफेका प्रमुख रुद्र बोगटी लगायतको सहभागिता रहेको जनाइएको छ । 

नेकपा एस बाजुराको जिल्लामा हुने अगुवा भेलामा सहभागी हुन मन्त्री सोडारी बाजुरा पुगेका थिए ।