कैलालीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना

कैलालीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना

कैलाली । कैलालीमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना भएको छ ।

गएराति जिल्लाको धनगढी उपमहानगरपालिका-१४ सि गाउँमा सुपप्र ०१०२ त ५३७२ नम्बरको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा साताजना घाइते भएका हुन् ।

जन्ती बोकी मनहेराबाट हसुलिया जाने क्रममा ट्र्याक्टर अचानक पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ७ जनामध्ये ४ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य छ ।

ट्र्याक्टर चालक मनहेराका ३० वर्षीय विष्णु चौधरीलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिइएको छ ।