आजको मौसम

आजको मौसम

देशको पहाडी भुभागमा आंशिक बदली रहेको छ र तराइका थोरै भूभागमा हुस्सु र कुहिरो रहेको छ। 

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बांकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भुभागमा आंशिक बदली रहि बांकी भुभागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भुभागका एक र दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।