विश्वभर कोरोना सङ्क्रमित निको हुने दर बढ्दै, २४ घण्टामा २५ लाख ५९ हजार निको

विश्वभर कोरोना सङ्क्रमित निको हुने दर बढ्दै, २४ घण्टामा २५ लाख ५९ हजार निको

विश्वभर कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म २३ लाख नयाँ सङ्क्रमित थपिँदा २५ लाख ५९ हजार निको भएका छन्।

भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ४० करोड ५९ लाख नाघेको छ। जसमध्ये ३२ करोड ५७ लाख निको भएका छन् भने ५८ लाख ६ हजारको मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा मात्रै कोरोनाले ९ हजार ९ सयको मृत्यु भएको छ। अझै पनि ७ करोड ४४ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव १ प्रतिशत अर्थात् ८९ हजारको अवस्था जटिल रहेको छ। अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएका छन्। २४ घण्टामा थप १२ सक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ।