जुत्ता पसलमा आगलागी हुदा पाँच जनाको मृत्यु

जुत्ता पसलमा आगलागी हुदा पाँच जनाको मृत्यु

तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ। कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिनुभयो।

एक महिला र चार पुरुषको शव निकालेर अस्पताल पठाएका छौं’, उहाले भन्नुभयो, राति करिब पौने दुई बजेदेखि पसलमा आगो लागेको थियो। जसले गर्दा कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ।’

घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलगायतको टोली पुगेको छ।

आगलागी अझै पूर्ण नियन्त्रणमा आएको छैन। आगो अन्यत्र सर्न नसक्ने अवस्थामा रहेको तर, धुवा पुत्पुताइरहेको डीएसपी अर्यालले जानकारी दिनुभयो। आगो नियन्त्रणमा छ। तर, धुवा भने आइरहेको छ’, उहाले भान्नुभयो।

आगो नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेना, स्थानीयवासी परिचालन भएका छन्। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आसंका रहेको छ।