‘भ्यालेन्टाइन डे’ को अवसरमा पोखरामा नयाँ अफर

‘भ्यालेन्टाइन डे’ को अवसरमा पोखरामा नयाँ अफर

पोखराको हेम्जामा रहेको हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालिले ‘भ्यालेन्टाइन डे’ को अवसरमा नयाँ अफर ल्याएको छ । 

अफर अन्तर्गत टेन्डम जोडि बन्जी गर्ने जोडिले स्विङ निःशुल्क खेल्न पाउनेछन् । त्यस्तै जिपलाइन बुक गर्ने जोडिले पनि स्विङ निःशुल्क खेल्न पाउनेछन् । नेपालमा पहिलो टावर बन्जी निर्माण गरेको हाइग्राउण्डले नेपालमै पहिलोपटक जोडि बन्जी सुरु गरेको हो । हाल हाइग्राउण्ड एड्भेन्चर प्रेमी जोडिको रोजाइको गन्तव्य बन्ने गरेको छ । 

हाइग्राउडले हालसालै नेपालमै पहिलो पटक जायन्ट स्विङ निर्माण समेत गरेको छ । स्विङको शुल्क २ हजार प्रती ब्यक्ति र फोटो, भिडियो, टिसर्टको अतिरिक्त १२ सय रहेको छ ।

यस्तै नेपालमै पहिलोपटक जिपलाइनको सुरुवात गरेको यस हाइग्राउण्डले एक दशक पछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जिपलाइन सुरु गरिसकेको छ ।