कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘एक वडा, एक उत्पादन’

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘एक वडा, एक उत्पादन’

कञ्चनपुर । कञ्चनपुर कृष्णपुर नगरपालिकामा सञ्चालित ‘एक वडा, एक उत्पादन’ कार्यक्रमबाट तरकारी खेतीमा संलग्न किसान लाभान्वित भएका छन् ।

कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बीउबिजन, प्लाष्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ ।

तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ ।

नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीका अनुसार तरकारी खेतीका लागि नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७ र ८ लाई तरकारी खेतीका लागि गत वर्ष छनोट गरिएको थियो ।