ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिनुस्

ओलीलाई प्रचण्डको फोन : एमसीसीबारे निर्णय लिनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्छु भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ ।

हिजो बेलुकी प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको हो ।

एमसीसीमा तपाईँले निर्णय नगरि भएन भन्दै हिजो बेलुका फोन गरेपछि ओलीले पहिले आफू नै यसबारे स्पष्ट हुन प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।

‘तपाईँहरुले पहिले ओलीलाई हटाएपछि एमसीसी पारित गर्छौँ भनेर वचन दिनुभएको छ, अनि हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज नै गर्नुभएको रहेछ ।

अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा एक सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, एमालेले त निर्णय गरिहाल्छ’ ओलीको जवाफ उदृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ।