प्रधानसेनापति शर्माद्धारा कञ्चनपुरमा निर्माणधीन होल्डीङ सेन्टरको निरीक्षण

प्रधानसेनापति शर्माद्धारा कञ्चनपुरमा निर्माणधीन होल्डीङ सेन्टरको निरीक्षण

कञ्चनपुर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरमा निर्माणधीन होल्डीङ सेन्टरको निरीक्षण छन् ।

शुक्रबार बिहान भीमदत्त–१८नगरपालिका स्थीत शालघारीमा सेनाले निमार्ण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरको निरिक्षण गरेका हुन्। त्यसैगरी कञ्चनपुरको भगतपुर स्थित श्री नं.२५ बाहिनी अड्डाकोसमेत निरीक्षण भ्रमण गरेका छन्।

उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै ब्यारेक एरियासमेत निरीक्षण गरेका थिए।