सेती प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६० नमुना परीक्षण गर्दा थप ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

२४ घण्टामा तप तीनजना कोरोना संक्रमित विरामी निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने दुईजना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १६ जना संक्रमित विरामी उपचाररत छन् । तीमध्ये चार जनाको आइसियु र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।