सुनाकोठीस्थित मन्दिरबाट चोरी भएको बालकुमारीको मूर्ति फेला

सुनाकोठीस्थित मन्दिरबाट चोरी भएको बालकुमारीको मूर्ति फेला

माघ ८ शनिबार राती सुनाकोठीस्थित मन्दिरबाट चोरी भएको बालकुमारीको मूर्ति फेला परेको छ ।

गए राती ललितपुरका हत्तीबन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा सो मूर्ति फेला परेको प्रहरी परिसर ललितपुरका एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।

बालकुमारी मन्दिर सुनाकोठी क्षेत्रको प्रमुख मन्दिर हो । हरेक वर्ष मङ्सिर पूर्णिमा र चैत पूर्णिमामा बालकुमारी देवीको जात्रा गरिन्छ । चोरी भएको उक्त मूर्ति २५० देखि ३०० वर्ष पुरानो भएको अनुमान छ ।