विदेशी स्वार्थ र दबाबसामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी : नेता रावल

विदेशी स्वार्थ र दबाबसामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी : नेता रावल

नेकपा एमालेका नेता भीम रावलले विदेशी स्वार्थ र दबाबसामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी भएको बताएका छन् ।

उनले शुक्रवार ट्वीटरमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हितविपरीतका एमसीसीका प्रावधानहरूप्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दबाबका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्दारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो ।’

उनले यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न नमिल्ने पनि बताएका छन् । अमेरिकाले एमसीसी पास गर्नका लागि दबाब दिइरहेको छ ।

बिहीवार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसी अनुमोदनका लागि आग्रह गरेका छन् ।