चितवनमा कुखुरा फर्ममा बर्डफ्लू देखियो, नष्ट गर्ने काम सुरु गरिँदै

चितवनमा कुखुरा फर्ममा बर्डफ्लू देखियो, नष्ट गर्ने काम सुरु गरिँदै

चितवनमा कुखुरामा लाग्ने बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नं। ६ स्थित एक फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उक्त वर्डफ्लु फर्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य सुरु भएको जानकारी दिए ।

गत माघ २५ गते नमुना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको उनले बताए । उक्त फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम आज हुने उनको भनाई छ । सो फार्ममा झन्डै दुई हजार कुखुरा पालिएका छन् ।