डोटीमा पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एकको मृत्यु

डोटीमा पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा एकको मृत्यु

डोटी । डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार राति जोरायल गाउँपालिका-२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्याङ्कर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो।

बुडरबाट छतिवन घर जान से १ क २१ नम्बरको ट्याङ्करमा सवार रहेका उनी दुर्घटनामा परेका थिए । सोही घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सो घटनापछि ट्याङ्कर चालक नवीन ऐर भने फरार छन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।