नेपाललाई ओमानले दियो १३६ रनको लक्ष्य

नेपाललाई ओमानले दियो १३६ रनको लक्ष्य

नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानविरूद्ध १ सय ३६ रनको लक्ष्य पाएको छ ।

ओमानको मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो । 

ओमानका कप्तान मक्सुदले अविजित ४३ रन बनाए भने नादीमले ३१ रन बनाए । मक्सुदले ४१ बलमा चर चौका र एक छक्कासहित अविजित ४३ रन बनाएका हुन् । जतिन्दर सिंहले १३ रन बनाए । कश्यप प्रजापति, शोएब खान र आयान खानले समान ११ रन बनाए ।

नेपालका अबिनाष बोहराले तीन विकेट लिए । सन्दीप, आरिफ शेख र कमलसिंह ऐरीले एकरएक विकेट लिए ।